पहिलो खेलमा नेपाल युगाण्डासँग १२ रनले पराजित

नेपालभ्युज

पहिलो खेलमा नेपाल युगाण्डासँग १२ रनले पराजित

काठमाडौं। घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय सिरिज खेलिरिहेको नेपाल पहिलाे खेलमा युगाण्डासँग १२ रनले पराजित भएकाे छ।

आज सोमबार टीयू खेल मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले खराब ब्याटिङ गर्दा एक सय ३ रनको सामान्य लक्ष्य पनि पूरा गर्न सकेन।

खेलमा टस जितेर बलिङ गरेको नेपालले बलिङतर्फ भने राम्रो खेल खेलेकाे थियो। नेपालको कसिलो बलिङ सामु पाहुना टोली युगाण्डा निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय २ रनमा समेटिएको थियो।

ब्याटिङतर्फ चुक्दा सहज लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा मात्र ९० रन जोड्न सक्यो।

वलिङतर्फ नेपालको लागि कविता कुँवरले दुई विकेट लिएकी थिइन्। ब्याटिङमा भने इन्दु बर्माले सर्वाधिक १६ रन जोडिन्। घरेलु टिमसँगको यो जितसँगै युगाण्डाले सिरिजमा १–० को अग्रता बनाएको छ।

सन् २०१८ मा टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाए यता नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको यो दोस्रो अन्तर्राष्ट्रिय सिरिज हो भने नेपालमा नै खेलेको यो पहिलो पटक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved