भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

नेपालभ्युज

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

लुम्बिनी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन्। उनी भर्खरै भारतीय वायु सेनाको हेलिकोप्टरमा लुम्बिनीस्थित हेलिप्याडमा ल्यान्ड भएका हुन्। २५६६ बुद्ध जयन्तीको दिन पारेर मोदी लुम्बिनी आएका हुन्। उनी भारतको कुशिनगर हुँदै नेपाल आएका हुन्।११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।

प्रधानमन्त्री मोदी सवार हेलिकोप्टर सभाहलको अगाडि निर्माण गरिएको हेलिप्याडमा उत्रिएका हुन्। मोदी उत्रिएलगतै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्री तथा परराष्ट्रका अधिकारीहरूले स्वागत गरेका छन्। हेलिकप्टरबाट ओर्लिएपछि एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरे ।

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवा पत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्कालगायतले स्वागत गरे।

साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्रदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले पनि पनि भारतका विशिष्ठ अतिथिलाई मोदीले स्वागत गरे ।

अब मोदी केहीबेरमा मायादेवी मन्दिर पुग्नेछन्। मायादेवी मन्दिरमा मोदीले भूमि पूजा गर्नेछन्। त्यसपछि मोदी साँढे १२ बजे मोदी पवन इन्टरनेशनल होटल पुग्नेछन्। १२ बजेर ३५ मिनेटमा दुवै देशको परराष्ट्रका अधिकारीसँग भेटवार्ता हुनेछ। १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री शेरबहादुर देउवासँग मोदीको द्विपक्षीय भेटवार्ता हुनेछ।

दिउँसो १ बजे डेलिगेशनबीच भेटवार्ता हुनेछ। पौने २ बजे मोदी प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन्।

४ बजे मोदीले विशिष्ट अतिथिहरूसँग भेट गर्नेछन्। पौने ४ बजे बुद्ध जयन्ती समारोहलाई लुम्बिनीमा सम्बोधन गर्नेछन्। ५ बजेर १५ मिनेटमा मोदी भारतीय सेनाको हेलिकोप्टरबाट भारतको कुशिनगर प्रस्थान गर्नेछन्।

प्रधानमन्त्रीका रूपमा मोदीको यो पाँचौँ नेपाल भ्रमण हो। ४ वटा भ्रमण उनले पहिलो कार्यकालमै गरेका थिए। दोस्रो कार्यकालको ३ वर्ष पूरा हुँदै गर्दा उनले नेपाल भ्रमण गर्न लागेका हुन्। यसअघिका भ्रमणमा उनी पूजाअर्चनाका लागि पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथ पुगेका थिए। मोदीले लुम्बिनी प्रस्थान गर्नु पूर्व जारी गरेको वक्तव्यमा आफ्नो यात्राको उद्देश्य दुई देशबीच बलियो बनेको सम्बन्धलाई थप प्रगाढ बनाउनु रहेको पनि बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved