प्रेम आलेको पालिकामा एमाले विजय 

डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मतसहित अध्यक्षमा निर्वाचित भए।

नेपालभ्युज

प्रेम आलेको पालिकामा एमाले विजय 

धनगढी। डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मतसहित अध्यक्षमा निर्वाचित भए।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्ट ३ हजार ४१२ ल्याएर हार बेहोरे। एकीकृत समाजवादीका किरण मल्लले १ हजार ६५९ मत पाएका छन्।

उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ। एमालेकी जमुना कुमारी बोहरा (रोकाया) ३ हजार ५९९ मत ल्याएर निर्वाचित भइन्।

कांग्रेसकी चन्द्रा कुमारी साउदले ३ हजार ५१७ र माओवादीकी प्रेमा कुमारी ओलीले १ हजार ३१७ मत पाएकी थिइन्।

जोरायल समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेमबहादुर आलेको गृह पालिका हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved