ललितपुर–१ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

नेपालभ्युज

ललितपुर–१ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

काठमाडौं। ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

६६१ मतसहित स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्रुव तण्डुकारले ४२५ मत प्राप्त गरे।

नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले) की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ। कांग्रेसका उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८१ मत प्राप्त गरेका छन्।

ललितपुर महानगरमा माओवादीलाई कांग्रेसको धोका, उपमेयर उम्मेदवार नै नभएको कांग्रेसको रुखमा ३११ मत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved