झलनाथ खनालको गृहनगरमा कांग्रेसको विजयी सुरुवात

नेपालभ्युज

झलनाथ खनालको गृहनगरमा कांग्रेसको विजयी सुरुवात

काठमाडौं। नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको गृहनगर इलामको सूर्योदय नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ।

वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा सबै पदमा कांग्रेसले क्लिन स्विप गरेको छ।

अध्यक्षमा राजकुमार लिम्बुसहित अन्य चार वडा सदस्य पनि कांग्रेसले जितेको छ। विजयी राजकुमार लिम्बुले ८७३ मत प्राप्त गरे। खनालको पार्टी नेकपा(एस) दोस्रो भयो।

पार्टीबाट उम्मेदवार बनेका दीपेश राईले ८४७ मत प्राप्त गर्दा एमालेका धनकुमार तामाङ तेस्रो भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved