ललितपुर महानगर : मेयरमा चिरीबाबु दोब्बर मतले अगाडि, उपमेयरमा एमालेलाई अग्रता

महर्जनले ७०६ मत पाएका छन्। नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ३३६ मतमात्रै पाएका छन्।

नेपालभ्युज

ललितपुर महानगर : मेयरमा चिरीबाबु दोब्बर मतले अगाडि, उपमेयरमा एमालेलाई अग्रता

काठमाडौं। सत्ता गठबन्धनको तर्फबाट ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जनले दोब्बरभन्दा बढी मतले अग्रता बनाएका छन्।

ललितपुरमा १ नम्बर वडाको १४ मत गणना हुँदा महर्जनले ७०६ मत पाएका छन्। नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ३३६ मतमात्रै पाएका छन्।

उपमेयरमा भने एमालेले अग्रता बनाएको छ। एमाले उम्मेदवार मञ्जली शाक्यले ३७२ मत पाएकी छन्। गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्य २६७ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved