आफ्नै गाउँमा झलनाथ खनालको पार्टी पराजित

नेपालभ्युज

आफ्नै गाउँमा झलनाथ खनालको पार्टी पराजित
फाइल फोटो

इलाम । नेकपा एकीकृत समाजवादी (एस) का नेता झलनाथ खनालको गृह जिल्लामा उनको पार्टी पराजित भएको छ।

केही वडाको अन्तिम परिणम आउन थालेको छ। नेता खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा खनालकै दलका उम्मेदवार पराजित भएका छन्।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षसहित ३ सदस्य विजयी भएका छन्। नेकपा (एस)का वडा सदस्यका उम्मेदवार भने नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका हुन्। सूर्योदय नगरपालिकामा पनि तीव्र प्रतिस्पर्धा भइरहेको छ।

खनालको पुख्यौली घर रहेको वडामा गठबन्धनबाट कांग्रेस उम्मेदवार गायत्रीराम बस्नेत विजय भएका हुन्। उनले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्ष बनेका अम्बिकाप्रसाद गौतमलाई पराजित गरेका छन्। बस्नेतले १ हजार ८१ मत ल्याए भने गौतमले १ हजार २२ मत ल्याए।

महिला वडासदस्यमा कांग्रेसकै मनकुमार गुरुङ, महिला वडा सदस्य डायना राई र दलित महिला सदस्यमा मुनादेवी रसाइली विजयी भएका छन्। गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका वडा सदस्यका उम्मेदवार इन्द्रबहादुर कटवाल भने पराजित भएका छन्। उनलाई एमालेका खड्गबहादुर गुरुङले पराजित गरेका हुन्।

इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर १ को मत परिणम भने बराबर भएको छ। अध्यक्षमा नेकपा एमालेका यामकुमार कार्की र गठबन्धनका उम्मेद्धार टेक बहादुर शाहाले १०८४ मत प्राप्त भएको थियो। गोलाप्रथा गरेर अन्तिम विजयी घोषणा गर्ने तयारी गरिएको छ। यस वडामा गाउँपालिका अध्यक्षका उम्मेद्धार नेकाप (एस)का जित बहादुर राईले १०७२ मत प्राप्त गरेर अग्रता लिएका छन्। नेकपा एमालेका कुश बहादुर थेवेले १०४५ प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved