हेटौंडामा चर्को प्रतिस्पर्धा, एमालेका अनन्त एक मतले अगाडि

नेपालभ्युज

हेटौंडामा चर्को प्रतिस्पर्धा, एमालेका अनन्त एक मतले अगाडि

हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा चर्को प्रतिस्पर्धा देखिएको छ।

गठबन्धन र एमालेका उम्मेदवारबीच झिनो मतको मात्रै अन्तर देखिएको छ। पछिल्लो मतपरिणाम अनुसार २ हजार ६ सय १८ मत गन्दा एमालेका उम्मेदवार अनन्त पौडेल १ मतले अगाडि छन्। पौडेलले ७८६ मत पाउँदा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ७८५ मत पाएका छन्। राप्रपाका दीपक सिंहले ७२० मत पाएकी छन्।

मकवानपुरको दशै स्थानमा मतगणना जारी छ। अधिकांश स्थानीय तहमा गठबन्धनको उम्मेदवाहरुको अग्रता देखिएको छ। जिल्लाको १०२ वटा वडा मध्ये नेपाली कांग्रेसले तीन वटा र नेकपा एमालेले एक वटा वडामा जित हासिल गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved