गठबन्धनले जित्यो मुस्ताङको घरपझोङ गाउँपालिका

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै जमुना थकाली विजयी भइन्।

नेपालभ्युज

गठबन्धनले जित्यो मुस्ताङको घरपझोङ गाउँपालिका

काठमाडौं। सत्ता गठबन्धनले मुस्ताङको घरपझोङ गाउँपालिकामा जित हासिल गरेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

घरपझोङमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका मोहनसिंह लालचनले जित हासिल गरे। लालचनले नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई दुई मतले पराजित गरे।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा निर्वाचित कांग्रेसका लालचनले ७६० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै जमुना थकाली विजयी भइन्। उनले ६९३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved