महांकालमा निर्वाचन अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि रोकियो गणना

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विभिन्न दलका कार्यकर्ताले नाराबाजीसँगै विरोधमा उत्रेका थिए।

नेपालभ्युज

महांकालमा निर्वाचन अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि रोकियो गणना

काठमाडौं। निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मत भेटिएपछि ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ।

गाउँपालिकाको वडा नम्बर ६ को मतगणना हुँदै गर्दा निर्वाचन अधिकृतकोे हस्ताक्षर नभएको १५ ओटा मत भेटिएपछि गणना रोकिएको हो।

महाकांल माध्यमिक विद्यालय केन्द्रमा खसेको मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको बताइएको छ।

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विभिन्न दलका कार्यकर्ताले नाराबाजीसँगै विरोधमा उत्रेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved