डडेल्धुराको अमरगढीमा कांग्रेसको अग्रता, पछ्याउँदै कांग्रेस (बीपी)

७०५ मतगणना हुँदा कांग्रेसका उम्मेदवार डिल्ली जोशीले ३२० र नेपाली कांग्रेस (बीपी)का उम्मेदवार हरि भट्टले २८४ मत पाएका छन्।

नेपालभ्युज

डडेल्धुराको अमरगढीमा कांग्रेसको अग्रता, पछ्याउँदै कांग्रेस (बीपी)

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।

कांग्रेसलाई एमालेसँग तालमेल गरेको कांग्रेस (बीपी)ले पछ्याइरहेको छ।

७०५ मतगणना हुँदा कांग्रेसका उम्मेदवार डिल्ली जोशीले ३२० र नेपाली कांग्रेस (बीपी)का उम्मेदवार हरि भट्टले २८४ मत पाएका छन्।

अन्य उम्मेदवारले भने १० मत पनि कटाउन सकेका छैनन्। डडेलधुरामा कांग्रेसको महाधिवेशनसँगै बिबाद शुरु भएको थियो ।

उक्त विवाद स्थानीय तह निर्वाचनमा झन् चर्किएपछि असन्तुष्ट समूह नेपाली कांग्रेस (बीपी)को चुनाव चिह्न करुवाबाट चुनाव लडेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved