खप्तडछान्ना १ मा एकीकृत समाजवादीको प्यानलै विजयी

खप्तडछान्ना गाउँपालिकामा पाँच दलीय गठबन्धन रहेको छ।

नेपालभ्युज

खप्तडछान्ना १ मा एकीकृत समाजवादीको प्यानलै विजयी

बझाङ। बझाङको खप्तडछान्ना गाउँपालिकाको १ नम्बर वडामा नेकपा (एकीकृत समाजवादी)को प्यानलै निर्वाचित भएको छ।

खप्तडछान्ना १ को वडाध्यक्षमा एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मतसहित निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेस खत्रीले २३८ मत पाए।

वडामा जम्मा ७४६ मत खसेको थियो। गाउँपालिका अध्यक्षमा हालसम्म नेपाली कांग्रेसका उत्तम रोकायाको ४०४ र नेकपा एमालेका लोकेन्द्र सिंहको २६१ मत रहेको छ।

अहिले खप्तडछान्ना गाउँपालिकाको वडानम्बर ७ को मत गणना भैरहेको छ। खप्तडछान्ना गाउँपालिकामा पाँच दलीय गठबन्धन रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved