महोत्तरीमा ७० प्रतिशत मत खस्यो

नेपालभ्युज

महोत्तरीमा ७० प्रतिशत मत खस्यो

जनकपुरधाम। महोत्तरीमा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

महोत्तरीको ४९७ मतदान केन्द्रबाट २ लाख १२ हजार ५८० भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रवीण झा जानकारी दिए। महोत्तरीमा कुल ३ लाख ३६ हजार ९५ मतदाता रहेका छन्।

जिल्लामा छिटफुट घटनाबाहेक शन्तिपूर्ण मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मतदानको समयमा वर्षा भएपछि एकरडेढ घण्टा सबै मतदानस्थलमा मतदान अवरुद्ध भएको थियो। वर्षा रोकिएपछि पुनः मतदान शुरु गरिएको थियो। मतदाताहरुको उत्साहजनक सहभागिता थियो।

मुख्य निर्वाचन अधिकृत दिपक खरेलले मतपेटिका संकलन भइरहेको बताए। उनले महोत्तरीको १५ पालिका मध्ये सबै स्थानको मतपेटिका राति १० बजे सम्म संकलन भए आज राति १२ बजेदेखि नै मतगणना शुरु गरिने बताए। संकलन हुन नसकेमा भने बिहानदेखि मात्र हुने जानकारी दिए ।

अहिले धेरैजसो पालिकाको मतपेटिका मतगणना स्थलमा ल्याउने काम जारी रहेको र कतिपयको सिलबन्दी र मुचुल्काको काम भइरहेको निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved