रामेछापको चार स्थानमा गोली चल्यो

मन्थली नगरपालिकाको दुई ओटा मतदान केन्द्रमा पनि गोली चलेको छ।

नेपालभ्युज

रामेछापको चार स्थानमा गोली चल्यो
सांकेतिक तस्वीर।

काठमाडौं। रामेछापको चार स्थानमा गोली चलेको छ।

सुनापति गाउँपालिका–२ दिमीपोखरी, खाँडादेवी गाउँपालिका–१ राकाथुम, मन्थली नगरपालिका ९ र १२ मा गोली चलेको हो।

मतदान गर्ने क्रममा झडप भएपछि भीडलाई नियन्त्रणमा लिन गोली चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुनापति गाउँपालिको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप हुँदा एक राउण्ड गोली चलेको हो।

त्यसैगरी, खाँडादेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथुममा मतदान केन्द्रमा दुई पक्षीय झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर भएको हो।

मन्थली नगरपालिकाको दुई ओटा मतदान केन्द्रमा पनि गोली चलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved