‘कम्तीमा निम्नकोटीको पित पत्रकारिता नगर्नुस्’

नेपालभ्युज

‘कम्तीमा निम्नकोटीको पित पत्रकारिता नगर्नुस्’

काठमाडौं। नेकपा एमाले नेता शान्ता चौधरीले आफूमाथि मतदातालाई पैसा बाँडेको आरोपको खण्डन गर्दै निम्नकोटीको पित पत्रकारिता नगर्न चेतावनी दिएकी छन्।

आज बिहान उनीमाथि पैसा बाँडेको आरोपमा केहीले उनको घर घेराउ गरेका थिए। केही सञ्चारमाध्यमहरूले उनले पैसा बाँडेको आरोपमा समाचार लेखेका थिए। जसले आफ्नो चरित्रहत्या भएको उनले बताएकी छन्।

मौन अवधिको समयमा चौधरीको दाङमा रहेको घर केही मानिसले घेरेका थिए। ती मानिसहरूलाई उनले कांग्रेसका कार्यकर्ता भएको आरोप लगाएकी थिइन्। आफू माइतीबाट घर फर्किएको बेला उनलाई पैसा बाँडेको आरोप लागेको थियो।

उनले सत्य कुरा भए बालाई पनि बाँकी नराख्ने तर असत्य कुरा बैरीको पनि नलेख्ने पत्रकारहरु धेरै भएका फेसबुकमार्फत लेखेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved