वडासदस्यका उम्मेदवारको मृत्युपछि श्रीमतीले दिइन् उम्मेदवारी 

नेपालभ्युज

वडासदस्यका उम्मेदवारको मृत्युपछि श्रीमतीले दिइन् उम्मेदवारी 

जनकपुरधाम। सिरहा नगरपालिका ५ मा वडा सदस्यका उम्मेदावरको मृत्यु भएपछि उक्त पदका लागि उनकै श्रीमतीले उम्मेदवारी दिएकी छन्।

नेकपा एमालेबाट सिरहा नगरपालिका–५ का वडा सदस्यमा उठेका ६५ वर्षीय मुना शेखको मृत्यु भएको हो।

शेखको मृत्यु भएपछि उनकै श्रीमती रहमान खातुनले वडा सदस्यमा उम्मेदवारी दिएकी हुन्।

शेखको मृत्यु भएको खबर पाएलगत्तै निर्वाचन आयोगले पठाएको प्रक्रियाअनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुनेगरी उम्मेदवारी दर्ता गरिएकाे प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए। निर्वाचन चिह्न समेत प्रदान गरिसकिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved