एमाले प्रचार टोलीमाथि कांग्रेस कार्यकर्ताले गरे आक्रमण, दुई जना गम्भीर घाइते

कुटपिटबाट घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएको र एक जनाको आँखा फुटेको बताइएको छ।

नेपालभ्युज

एमाले प्रचार टोलीमाथि कांग्रेस कार्यकर्ताले गरे आक्रमण, दुई जना गम्भीर घाइते
सांकेतिक तस्वीर।

गोरखा। गोरखामा सत्तारुढ नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन्। आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका हुन् ।

सोमबार साँझ चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेसको टोलीले एमालेको टोलीलाई छेकेर आक्रमण गरेको स्थानीय वीरबहादुर लामाले बताए। आक्रमणबाट एमालेका गोपाल लामा, विक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन्।

एमाले टोली दिउँसो धोरतमा कार्यक्रम गरेर फर्किँदा करीब पौने आठ बजेको र खाजा खान बसेको समयमा श्यामचेतमा कांग्रेसका कार्यकर्ताहरु आएर एक्कासी कुटपिट गरेका स्थानीय लामाले बताए।

कुटपिटबाट घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएको र एक जनाको आँखा फुटेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved