नवलपुरको चुनावी अभियानमा विनोद चौधरी

नवलपुरलाई नमूना जिल्ला बनाउन विकास योजना सार्वजनिक गरिसकेका चौधरीले स्थानीय समस्यालाई यस योजनामा समावेश गरेर दिगो विकासको आधार तयार गर्ने रणनीति बनाइरहेका देखिन्छन्।

नेपालभ्युज

नवलपुरको चुनावी अभियानमा विनोद चौधरी

नवलपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउन आफ्नो गृह जिल्ला नवलपुरको निर्वाचन अभियानमा होमिएका छन्। जिल्लाका आठओटै स्थानीय तहमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने घोषणाका साथ उनी निर्वाचन अभियानमा होमिएका हुन्।

नेता चौधरी अहिले गठबन्धनका उम्मेदवारहरूको नेतृत्व गर्दै नवलपुरका घरदैलो कार्यक्रममा सक्रिय छन्। जिल्लाका विभिन्न ठाउँहरूमा आयोजित चुनावी कोणसभाहरूलाई सम्बोधन गर्दै नेता चौधरी जिल्लाका दुर्गम गाउँहरूमा समेत पुगेर जनतासँग भेटघाट गर्ने, उनीहरूका समस्या बुझ्ने र ती समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

नवलपुरलाई नमूना जिल्ला बनाउन विकास योजना सार्वजनिक गरिसकेका चौधरीले स्थानीय समस्यालाई यस योजनामा समावेश गरेर दिगो विकासको आधार तयार गर्ने रणनीति बनाइरहेका देखिन्छन्।

नवलपुर जिल्लामा मध्यविन्दू, कावासोती, देवचुली र गैडाकोट  चार नगरपालिका रहेका छन् भने बौदीकाली, हुप्सेकोट, विनय त्रिवेणी र वुलिङ्गटार चार गाउँपालिका रहेका छन्।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बौदीकाली गाउँपालिकाको प्रमुखमा केबी राना, हुस्पेकोटमा लक्ष्मीदेवी पाण्डे, विनय त्रिवेणीमा डम्बरबहादूर जिसी, वुलिङटारमा शशिकिरण बस्ताकोटी, मध्यविन्दु नगरपालिकामा सुर्यबहादुर गुरुङ्ग, कावासोती नगरपालिकामा महेन्द्र पोखरेल, गैडाकोटमा मदनभक्त अधिकारी, देवचुलीमा अशोक बस्ताकोटी नेतृत्वमा गठबन्धनले निर्वाचन लडेको छ।

नेता चौधरीले आठओटै पालिकामा चारतारे झण्डा फहराउने र जिल्लाको विकासको गतिलाई तीव्र बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै आएका छन्। जिल्लामा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन कायम गरिएको छ।

नवलपुरमा देशकै नमूना औद्योगिक पार्क, शाश्वतद्याम र उन्नती कल्चरल भिलेज जस्ता सस्थाहरू स्थापना गरेर आफूलाई राष्ट्रकै अब्बल उद्यमीमा स्थापित गरिसकेका चौधरी पहिलोपटक यसरी जनताको घरदैलोमा पुगेर जिल्लाको विकासको अभियानका बारेमा नेतृत्व लिइरहेका छन्।

शनिबार देवचुली नगरपालिकामा आयोजित सभामा बोल्दै चौधरीले भने, “स्थानीय निकायका जनप्रतिनिधि दश माइलको रफ्तारमा हिँड्नुभयो भने म सय माइलको रफ्तारमा हिँड्नेछु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved