वडाध्यक्षका उम्मेदवारसहित ५ जना विष खुवाएको पाइएपछि प्रहरीले भन्यो, ‘अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नखानू’

घरदैलो अभियानका क्रममा आफ्ना कार्यकर्तालाई विष खुवाएको भन्दै माओवादीले आइतबार विरोध प्रदर्शनसमेत गरेको थियो।

वडाध्यक्षका उम्मेदवारसहित ५ जना विष खुवाएको पाइएपछि प्रहरीले भन्यो, ‘अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नखानू’

जनकपुरधाम। सर्लाहीको हरिवन नगरपालिकामा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित ५ जनालाई सगुनमा विष खुवाएर मार्ने प्रयास गरिएको पाइएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविण पोखरेलका अनुसार चिकित्सकले विष सेवन गराइएको भनेका छन्।

बिरामीले गरेको बान्ता परीक्षणका लागि पठाउने तयारी भइरहेको र यस घटनाका विषयमा अन्य तरिकाबाट पनि अनुसन्धान गरिरहेको उनले बताए।

विष मिसाइएको सगुना खाँदा हरिवन नगरपालिका वडा नं ११ का वडाध्यक्षका उम्मेदवार शेख इस्तिहाकसहित ५ जना बिरामी परेका छन्। इस्तिहाक र ओमप्रकाश साहलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।

मोहम्मद रिजवान, शेख आरिफ, पूर्णिमा कार्की र दिलिप खड्काको हरिवनमा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको अवस्थामा सुधार हुँदै गएको छ।

घरदैलो अभियानका क्रममा आफ्ना कार्यकर्तालाई विष खुवाएको भन्दै माओवादीले आइतबार विरोध प्रदर्शनसमेत गरेको थियो।

यसैबीच प्रहरी प्रधान कार्यालयले अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नखान आग्रह गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले आइतबार सूचना जारी गर्दै अपरिचित व्यक्तिले दिएको सगुन वा प्रसाद खाँदा कोही बेहोस हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरु घटेको पाइएकोले यस्ता घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना भएमा प्रहरीलाई तत्काल खबर गर्न भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved