सामाजिक सञ्जालमा ‘प्रचण्डलाई जुत्ता हान्छु’ लेखेपछि पत्रकार पक्राउ

‘हिजो सकेनन् चितवनबासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ लेखेपछि ५२ वर्षीय बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपालभ्युज

सामाजिक सञ्जालमा ‘प्रचण्डलाई जुत्ता हान्छु’ लेखेपछि पत्रकार पक्राउ

घोराही। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर धम्काउने दाङका पत्रकार यज्ञबहादुर बुढा पक्राउ परेका छन्।

‘हिजो सकेनन् चितवनबासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ लेखेपछि ५२ वर्षीय बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

तुलसीपुर उपमहानगरपालिका–३ बस्ने पत्रकार बुढालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले पुष्टि गरेको छ।

अध्यक्ष प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न आज दाङको घोराही र तुलसीपुर जाने कार्यक्रम छ। उनको भ्रमणलाई मध्येनजर गर्दै प्रहरीले त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गर्नुका साथै प्रहरीको तैनाथी बढाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved