पार्टीको झन्डा टाँगिएको भन्दै एमाले सांसद चढेको गाडी नियन्त्रणमा

नेपालभ्युज

पार्टीको झन्डा टाँगिएको भन्दै एमाले सांसद चढेको गाडी नियन्त्रणमा

काठमाडौं। निर्वाचन आचारसंहिता नमानेको भन्दै नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी नियन्त्रणमा लिइएको छ।

एमालेको झन्डा राखेकोलगायतका निर्वाचन आचारसंहिताको धज्जी उडाएको भन्दै सांसद चौधरी चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।

से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट शनिबार राति नेपाली कांग्रेस आवद्ध युवाहरूले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका हुन्।

गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश चौधरीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved