आईपीएल- कोलकोतालाई फराकिलो अन्तरले हराउँदै लखनउ शीर्ष स्थानमा 

जितपछि लखनउ अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ। लखनउको ११ खेलमा १६ अंक भएको छ। त्यस्तै १६ अंक नै रहेको गुजरात रनरेटका आधारमा दोस्रो स्थानमा छ। 

नेपालभ्युज

आईपीएल- कोलकोतालाई फराकिलो अन्तरले हराउँदै लखनउ शीर्ष स्थानमा 

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार रातिको खेलमा लखनउ सुपर जाइन्टले जित हात पारेको छ। लखनउले कोलकोता नाइट राइडर्सलाई ७५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

लखनउले दिएको १७७ रनको लक्ष्य पछाएको कोलकोता १४ दशमलव ३ ओभरमा १०१ रन बनाउँदै अल आउट भए पछि खेल ७५ रनले गुमाएको हो। कोलकोताका लागि आन्द्रे रसेलले ४५, सुनिल नारानले २२ र एरोन फिन्चले १४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लखनउका बलर आभेश खान र जासन होल्डरले ३–३ विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको थियो।
लखनउका लागि क्वेंटन डिककले ५० रन बनए भने दिपक हड्डाले ४१, मार्कस स्टोइनिसले २८, क्रुनाल पाण्डेयले २५ रन बनाएका थिए। त्यस्तै आयुष बदानीले १५ र जासन होल्डरले १३ रन बनाएका थिए।

जितपछि लखनउ अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ। लखनउको ११ खेलमा १६ अंक भएको छ। त्यस्तै १६ अंक नै रहेको गुजरात रनरेटका आधारमा दोस्रो स्थानमा छ।  कोलकोताको भने ११ खेलमा ७ हारसहित ८ अंक रहेको छ। अंक तालिकामा आठौ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved