सिरी ए फुटबल : इन्टरको शानदार जित

मार्टिनेज चम्किएपछि इन्टरले घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै जित दर्ता गरेको हो।

नेपालभ्युज

सिरी ए फुटबल : इन्टरको शानदार जित

काठमाडौं। इन्टर मिलानले इम्पोलीमाथि शानदार पुनरागमन जित निकालेको छ। इटालियन सिरी ए फुटबलमा गएराति भएको खेलमा इन्टरले इम्पोलीमाथि ४–२ गोल अन्तरको जित निकालेको हो।

लौटारो मार्टिनेज चम्किएपछि इन्टरले घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै जित दर्ता गरेको हो।

खेलको पाँचौँ मिनेटमै पाहुना टोलीका लागि आन्द्रेले गोल गर्दै अग्रता दिलाए। २८ औँ मिनेटमा गोल गर्दै अस्लानीले इम्पोलीको अग्रता दोब्बर पारे। तर, ४० औँ मिनेटमा इम्पोलीका सिमोनले आत्मघाती गोल गरेपछि इन्टर खेलमा फर्कियो।

खेलको ४५ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई बराबरीमा ल्याए। ६४ औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–१ को अग्रता दिलाए। इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई ४–२ को जित दिलाए।

जितसँगै इन्टर शीर्ष स्थानमा उक्लिएको छ। इन्टरले ३६ खेलमा ७८ अंक जोडेको छ। इम्पोली ३७ अंक जोडेर १४ औं स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved