नेकपा एस र कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप, १६ प्रहरी घाइते

नेपालभ्युज

नेकपा एस र कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप, १६ प्रहरी घाइते
सांकेतिक तस्वीर।

धनगढी। बाजुराको बुढीनन्दा नगरपालिका-९ अगाउँपानीमा नेपाली कांग्रेस र नेकपा (एस)का कार्यकर्ताबीच दोहोरो झडप भएको छ। समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा कांग्रेसका कार्यकर्ताले ढुगांमुढा प्रहार गरेपछी दोहोरो झडप भएको हो।

कांग्रेसका कार्यकर्ताले लखेटेपछि नेकपा एसका कार्यकर्ताहरू संरक्षण खोज्न प्रहरी चौकीमा पुगेका थिए। प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेसका कार्यकर्ताले प्रहरीमाथि नै आक्रमण गरेका छन्।

प्रहरी चौकीसमेत तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फायरसमेत गरेको थियो। प्रहरीले हवाई फाएर गरेपछि शुरु भएको दोहोरो झडपमा १६ जना प्रहरी र ४ जना अन्य गरि २० जना घाइते भएका छन्।

कांग्रेस कार्यकर्ताको आक्रमणम रोक्न खोज्दा १६ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए। त्यस्तै नेकपा एसका २ जना र काँग्रेसका २ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरी स्थिति नियन्त्रणमा लिनका लागि १४ राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डीएसपी चर्तुभुज ओझाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved