राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा ईदको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदको शुभकामना दिएका छन्। शुभकामना दिँदै राष्ट्रपति भण्डारीले ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

नेपालभ्युज

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा ईदको शुभकामना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदको शुभकामना दिएका छन्। शुभकामना दिँदै राष्ट्रपति भण्डारीले ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा पर्वले नेपालीहरूबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ईदको शुभकामना दिएका छन्। उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले यस दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप बलियो बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved