२१ गतेभित्र बागी उम्मेदवारी निस्क्रिय गर्न कांग्रेसले गर्‍यो अनुरोध

कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुनसमेत अनुरोध गरेको हो।

नेपालभ्युज

२१ गतेभित्र बागी उम्मेदवारी निस्क्रिय गर्न कांग्रेसले गर्‍यो अनुरोध

काठमाडौं। नेपाली कांग्रेसले बागी उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकलाई सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी २१ वैशाखभित्र उम्मेदवारी निस्क्रिय गरिदिन निर्देशानुसार अनुरोध गरेको छ।

आज (सोमबार) नेपाली कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुनसमेत अनुरोध गरेको हो।

विज्ञप्तीमा लेखिएको छ, ‘उम्मेदवारी निस्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई पुनर्विचार गर्न सक्नेसमेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved