सवारी दुर्घटनामा ८ बालबालिकाको ज्यान गयो

नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये आठ जना बालबालिकाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन्।

नेपालभ्युज

सवारी दुर्घटनामा ८ बालबालिकाको ज्यान गयो
सांकेतिक तस्वीर

एजेन्सी। इजिप्टको डेल्टा प्रान्तमा एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि ८ जना बालबालिकाको ज्यान गएको छ। अरु चार जना घाइते भएका बताइएको छ।

डेल्टा प्रान्तको नेहिजार शहरमा सडकमा सवार १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिएको थियो। त्यसपछि उनीहरु पानीको नहरमा खसेका थिए।

नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये आठ जना बालबालिकाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन्।

घाइतेहरुको उपचार जारी रहेको त्यहाँका प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका छन्। उनका अनुसार सो सवारीका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved