आईपीएलमा मुम्बई इन्डियन्सलाई पहिलो जित

नेपालभ्युज

आईपीएलमा मुम्बई इन्डियन्सलाई पहिलो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ। मुम्बईले शनिबार राती आफ्नो नवौं खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको हो।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

मुम्बईको जितमा सूर्यकुमार यादवले अर्धसतक प्रहार गरे। ३९ बल खेलेका उनले ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए। यस्तै तिलक बर्माले ३५ रन बनाउँदा इशान किसानले २६ रन जोडे। ओपनर रोहित शर्मा २ रनमा आउट भए।

त्यस्तै टिम डेविड २० रनमा अविजित रहँदा काइरन पोलार्ड १० रन बनाएर आउट भएका थिए। राजस्थानका लागि ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, कुलदीप सेन, रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १–१ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियाो।

यो जितसँगै पाँच पटकको च्याम्पियन मुम्बईले जारी लिगमा पहिलो अंक जोडेको छ। यता हारका बाबजुद राजस्थान रोयल्स ९ खेलबाट दोस्रो स्थानमा कायमै छ।

९ खेलमा ८ जित निकालेको गुजरात १६ अंकसहित शीर्ष स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved