एकदिवसीय सिरिज

जिम्बावे ‘ए’सँग भिड्दै नेपाल

नेपालले घरेलु मैदानमा जिम्बावेको ‘ए’ टिमसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्न लागेको हो।

नेपालभ्युज

जिम्बावे ‘ए’सँग भिड्दै नेपाल

काठमाडौं। जिम्बावेको ‘ए’ टिमसँगको एकदिवसीय (ओडीआई) सिरिजअन्तर्गत आज पहिलो खेल हुँदै छ। तीन खेलको सिरिजको आज पहिलो खेल हुन लागेको हो।

एकदिवसीय सिरिजको पहिलो खेल आज त्रिवि खेल मैदान कीर्तिपुरमा हुँदैछ। यसपछिको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ।

नेपालले घरेलु मैदानमा जिम्बावेको ‘ए’ टिमसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्न लागेको हो।

यसअघि, हिजो शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय एकदिवसीय टिमको घोषणा गरेको थियो।

एकदिवसीय सिरिज लगतै टी–ट्वान्टी सिरिज पनि काठमाडौंमा नै खेलिनेछ। नेपालसँग खेल्ने जिम्बावेको टिम बिहीबार नै नेपाल आइसकेको छ।

१५ सदस्यीय जिम्बावेको ‘ए’ टिममा रहेका खेलाडीमध्ये ८ खेलाडीले जिम्बावेको राष्ट्रिय टिमबाट खेलिसकेका छन्।

नेपालको राष्ट्रिय टिम भए पनि जिम्बावेको राष्ट्रिय टिम नभएकाले यो दुवै सिरिजका खेलहरूले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एकदिवसीय र टी–ट्वान्टी मान्यता पाउँदैन। त्यसैले यो खेलमा नेपाली टिम र खेलाडीको पनि कुनै व्यक्तिगत रेकर्ड रहने छैन।

नेपालले आगामी जेठमा अमेरिकामा आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ।

उक्त सिरिजमा नेपालसँगै आयोजक अमेरिका र ओमानले प्रतिस्पर्धा गर्दैछन्। जिम्बावे ‘ए’ सँगको यो सिरिज नेपाली टिमको लागि उक्त त्रिकोणात्मक एकदिवसीय सिरिजको अभ्याससरह हुनेछ।

नेपाली एकदिवसीय क्रिकेट टिम

सन्दीप लामिछाने, आसिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी, आदील अन्सारी।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved