सनराइजर्सविरुद्ध गुजरातको रोमाञ्चक जित

नेपालभ्युज

सनराइजर्सविरुद्ध गुजरातको रोमाञ्चक जित

एजेन्सी। गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ। योसँगै गुजरात टाइटन्स सातौँ जितका साथ प्लेअफ नजिक पुगेको छ।

जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। गुजरातका ऋद्धिमान शाहले ३८ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ६८ रन बनाए। गुजरातलाई अन्तिम ६ बलमा जितको लागि २२ रन चाहिँएको थियो। अन्तिम बलमा राशिद खानले मार्को यानसनलाई छक्का प्रहार गर्दै जित पक्का गराए।

तीव्र गतिका बलर मार्को ज्यानसनलाई राहुल टेवाटियाले छक्का प्रहार गर्दै खेललाई रोचक बनाए। दोस्रो बलमा एक रन खचिएपछि बाँकी ४ बलमा १५ रन चाहिँएको थियो। तेस्रो बलमा राशिद खानले छक्का प्रहार गरेपछि गुजरात जिततर्फ अघि बढेको थियो।

चौथो बल डट राखे। पाँचौं बलमा राशिद खानले छक्का प्रहार गरेपछि अन्तिम बलमा तीन रन चाहिँएको थियो। राशिदले अन्तिम बलमा छक्काको साथ जित दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved