गठबन्धनबारे गगन थापा भन्छन्- समस्याहरु छन् तर पार्टीले निर्णय गरेपछि मान्नुपर्छ

“पछि समीक्षा गरौँला । हामी पार्टीको पनि नयाँ विधानको अभ्यासमा छौँ। त्यसमा पनि केही त्रुटिहरु देखिएको छ, तर यी सबै विषयमा अब पछि छलफल गरौँला,” थापाले भने, “तर पार्टीले एउटा निर्णय गरेपछि त्यसलाई मान्दिनँ भन्न सकिन्न।”

नेपालभ्युज

गठबन्धनबारे गगन थापा भन्छन्- समस्याहरु छन् तर पार्टीले निर्णय गरेपछि मान्नुपर्छ

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउनुको कुनै विकल्प नभएको बताएका छन्। उनले पार्टीले गरेको निर्णयलाई नमान्ने छुट नभएको बताए।

काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिको भूमिका विषयक कार्यक्रममा बोल्दै थापाले सत्ता गठबन्धनमा रहेका दलहरुबीच तालमेल हुँदा केही समस्याहरु आएको भन्दै पार्टीले निर्णय गरिसकेपछि मानेर हिँड्नुपर्ने बताए। उनले यसबारे पछि समीक्षा गर्ने बताए।

“पछि समीक्षा गरौँला । हामी पार्टीको पनि नयाँ विधानको अभ्यासमा छौँ। त्यसमा पनि केही त्रुटिहरु देखिएको छ, तर यी सबै विषयमा अब पछि छलफल गरौँला,” थापाले भने, “तर पार्टीले एउटा निर्णय गरेपछि त्यसलाई मान्दिनँ भन्न सकिन्न।”

थापाले तालमेलका क्रममा पार्टीको केही राम्रा व्यक्तिहरुको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार्दै आगामी दिनमा समीक्षा गरेर अघि बढ्ने बताए। भने, “त्यसबाट बिचलित हुनुहुँदैन । यसको मूल्यांकन हुन्छ नै। त्यही भएर अहिले आफ्नो असन्तुष्टिलाई अहिले पन्छाएर पार्टीलाई जिताउन सबै एक भएर अघि बढौँ ।”

थापाले सत्ता गठबन्धनको विरोध गर्नेहरु पनि अहिले बजारमा तालमेलका लागि विकल्प खोजेर बसिरहेको बताए। भने, “हामीलाई गठबन्धन गर्यो भनेर गाली गर्नेहरु हामीसँग मिल्छौ भनेर बजारमा गठबन्धन बनाउन साथी खोजेर हैरान छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved