बागी उम्मेदवारी फिर्ता हुन्छ, गठबन्धनमा समस्या छैन : देव गुरुङ (भिडिओ)

गुरुङले मनोनयनमा परेकाहरुबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमति नभए पनि एमालेप्रति संकेत गर्दैै प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हावी हुन नदिन आफूहरु सचेत रहेको बताए।

नेपालभ्युज

बागी उम्मेदवारी फिर्ता हुन्छ, गठबन्धनमा समस्या छैन : देव गुरुङ (भिडिओ)

काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफू खुशी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन्।

सत्तारुढ दलहरुबीचको सहमति विपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई हटाउन सक्दो पहल र प्रयास भइरहेको बताए।

गुरुङले मनोनयनमा परेकाहरुबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमति नभए पनि एमालेप्रति संकेत गर्दैै प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हावी हुन नदिन आफूहरु सचेत रहेको बताए।

संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चगमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी कांग्रेससँग गठबन्धन बनाउनु परेको तर्क समेत गरे।

“उम्मेदवारी फिर्ता लिने बेलासम्म छलफल गर्दै लगेर वडास्तरमा पनि सहकार्य गर्न सके हुन्थ्यो भन्ने ढंगले काम गरिराखेका छौँ। कतिपय पालिका र वडास्तरमा दलहरुले आ–आफनो दलको नोमिनेशन गराएका छन्,” गुरुङले भने, “तर संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको छ ।”

प्रमुख सचेतक गुरुङले केपी ओली नेतृत्वको सरकारले साढे तीन वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेको कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोप समेत लगाए। उनले उत्पादनमुलक क्षेत्रमा लगानी नहुँदा मुलुकमा आयातित बस्तुहरुमा लगानी गर्न बाध्य हुनुपर्ने अवस्था आएको पनि स्पष्ट पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved