बुटवलमा मेयरमा ९ र उपमेयरमा ८ जनाको उम्मेदवारी 

बुटवल उपमहानगरपालिकामा अहिलेसम्म प्रमुखमा ९ जना र उपसभामुखमा ८ जनाको मनोनयन भएको छ। तीन जना स्वतन्त्र उम्मेदवार सहित नौ जनाले बुटवलको मेयरमा उम्मेदवार दर्ता गरेको बुटवल उपमहानगर निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए।

नेपालभ्युज

बुटवलमा मेयरमा ९ र उपमेयरमा ८ जनाको उम्मेदवारी 

बुटवल। बुटवल उपमहानगरपालिकामा अहिलेसम्म प्रमुखमा ९ जना र उपसभामुखमा ८ जनाको मनोनयन भएको छ। तीन जना स्वतन्त्र उम्मेदवार सहित नौ जनाले बुटवलको मेयरमा उम्मेदवार दर्ता गरेको बुटवल उपमहानगर निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए।

मेयर पदको लागि नेपाली कांग्रेसबाट खेलराज पाण्डे, नेकपा एमालेबाट बाबुराम भट्टराई, जनता समाजवादी पार्टीबाट सुरज हिताङ, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मृगेन्द्र कुमार शेरचन, नेपाल मजदुर किसान पार्टीबाट हरि सुन्दर बासी, मङोल नेशन  अर्गनाइजेसनबाट खिम बहादुर थापाले उम्मेदवारी दिएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार रुद्र प्रसाद शर्मा, घनेन्द्र क्षेत्री, डिल्ली प्रसाद पाठकले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै उपमेयरमा अहिले सम्म ८ जनाको उम्मेदवारी दर्ता भएको छ। २ स्वतन्त्र उम्मेदवार सहित ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एकीकृत समाजवादीबाट चीन बहादुर गुरुङ, नेकपा एमाले बाट साबित्रादेबी अर्याल,राप्रपाबाट भगवती पाण्डे, जसपाबाट सम्झना पौडेल, विवेकशील साझाबाट कल्पना भण्डारी, राप्रपा नेपालबाट प्रदीप शेरचनले उम्मेदवारी दिएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए। यस्तै उपमेयरमै किसन गुरुङ र डिल्ली राम रेग्मीले स्वतन्त्र उम्मेदवारी समेत दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved