आईएमई जनरल इन्स्योरेन्सको २४ औँ साधारणसभा सम्पन्न

नेपालभ्युज

आईएमई जनरल इन्स्योरेन्सको २४ औँ साधारणसभा सम्पन्न

काठमाडौं। आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ सुविधासहित छुट्टै पहिचन बनाएको बताए। उनले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गरिएको जानकारी दिए।

कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरीद गरेको थियो । चालु आवमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करीब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको उनको भनाइ थियो।

कम्पनीले साधारणसभामार्फत हालको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved