एमालेबाट टिकट नपाएपछि जनकपुरधाममा बागी उम्मेदवार बने चौधरी

नेपालभ्युज

एमालेबाट टिकट नपाएपछि जनकपुरधाममा बागी उम्मेदवार बने चौधरी

जनकपुरधाम। स्थानीय तहको निर्वाचनका लागि तोकिएको मनोनयन दर्ताको समय अनुसार जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी दर्ता शुरु भएको छ।

जनकपुरधाम उपमहानगरपालिकाको लागि पहिलो उम्मेदवारको रूपमा नेकपा (एमाले)का बागी उम्मेदवार उमेश चौधरीले उपमेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उपमेयरमा उम्मेदवारी दर्ता गराएका चौधरीको क्रम संख्या १ रहेको छ। चौधरीले एमालेबाट टिकट नपाएपछि बागी भएर उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन दर्तापछि चौधरीले पार्टीमा पुँजीपति हाबी भएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिए। उनले निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved