दोलखामा यस्तो छ गठबन्धनको भागबण्डा, नेकपा एसलाई उपप्रमुख छैन

नेपालभ्युज

दोलखामा यस्तो छ गठबन्धनको भागबण्डा, नेकपा एसलाई उपप्रमुख छैन

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले स्थानीय निर्वाचनका लागि दोलखाका स्थानीय तहमा भागबण्डा गरेका छन्।

जसअनुसार नेपाली कांग्रेसलाई ४, नेकपा (माओवादी केन्द्र) लाई ३ तीन तथा नेकपा एकीकृत समाजवादीलाई २ ओटा स्थानीय तह बाँडफाँट गरिएको छ।

कांग्रेसलाई जिरीनगरपालिकासहित कालिञ्चोक गाउँपालिका, बैतेश्वर गाउँपालिका भीमेश्वर गाउँपालिकाको मेयर भागमा परेको छ भने माओवादीलाई गौरीशंकर, बिगु र शैलुङ दिइएको छ।

त्यस्तै नेकपा एसलाई तामाकोशी र मेलुङ गाउँपालिका भागमा परेको छ।

दोलखामा ९ ओटा स्थानीय तह छन्। हिजो (९ गते) बसेको प्रदेशस्तरी पाँचदलीय गठबन्धनले स्थानीय तह बाँडफाँटको टुंगो लगाएको हो। जिल्लाका पाँच स्थानीय तहका उपाध्यक्ष कांग्रेसलाई र जिरी नगरपालिकाको उपमेयरसहित ४ उपाध्यक्ष माओवादीलाई दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved