गुल्मीमा निर्वाचन तालिका सार्वजनिक : एमालेले ११, कांग्रेसले १२ गते उम्मेदवारी दर्ता गर्नुपर्ने

नेपालभ्युज

गुल्मीमा निर्वाचन तालिका सार्वजनिक : एमालेले ११, कांग्रेसले १२ गते उम्मेदवारी दर्ता गर्नुपर्ने

गुल्मी। स्मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले राजनीतिक दलहरुको मनोनयन तालिका सार्वजनिक गरेको छ। नेकपा एमालेका लागि ११ गते दिउँसो २ देखि ४ बजेसम्म, नेपाली कांग्रेसका लागि १२ गते दिउँसो २ देखि ४ बजेसम्म र नेकपा माओवादी केन्द्रका लागि ११ गते दिउँसो १२ देखि २ बजेसम्म मनोयनको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ।

जिल्लामा दर्ता भएका १६ वटा दललाई उम्मेदवारी दर्ताका लागि विभिन्न समय निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए। ‘निर्वाचनमा मतदातालाई कसरी उत्साहपूर्वक सहभागिता गराउने चुनौती पनि रहेको छ’, उनले भने, ‘मतदानमा मतपत्र धेरै हुने सम्भावना रहेकाले दलहरुले मतदाता शिक्षालाई सशक्त भूमिका खेल्न जरुरी छ।’ उम्मेदवारको मनोनयपत्र दाखिला गर्ने क्रममा रीत पु¥याउनुपर्ने कुरा धेरै रहेको उप्रेतीले दलहरुलाई सुझाएका थिए।

त्यस्तै, कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइसकेको बताए। मनोनयन दर्ता गर्दा सुरक्षा निकायसँग समन्वय गरेर गर्न उनले दलहरुलाई आग्रह गरेका छन्। निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गाउँ–गाउँमा खटाइएको पौडेलको भनाइ छ।

यस्तो छ तालिका

नेकपा एकीकृत समाजवादीका लागि १२ गते दिउँसो १२ देखि २ बजेसम्म, जनता समाजवादी पार्टीका लागि ११ गते बिहान ११ देखि १२, राट्रिय प्रजातन्त्र पार्टी नेपालका लागि ११ गते दिउँसो २ देखि ४, राट्रिय प्रजातन्त्र पार्टीका लागि ११ गते बिहान १० देखि ११ बजे र राट्रिय जनमोर्चा पार्टीका लागि १२ गते बिहान १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको गुल्मीका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाए।

साथै, राष्ट्रिय जनमुक्ति पार्टी गुल्मी, नेकपा माले, विवेकशील साझा पार्टीका लागि ११ गते दिउँसो ४ देखि ५ बजेसम्म मनोयनको समय तोकिएको छ। मंगोल नेसनल अर्गानाइजेसन, नेपाली कांग्रेस बीपी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी नेपाल र जन समाजवादी पार्टी नेपालका लागि १२ गते दिउँसो ४ देखि ५ बजेसम्म समय तोकिएको कार्यालयले जनाएको छ।

स्वतन्त्र उमेदवारका लागि ११ गते बिहान १० देखि ११ बजेसम्म र अन्य दलका लागि १२ गते १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको छ। गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १२ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved