एसईई परीक्षा आजबाट शुरू, ५ लाखभन्दा धेरै परीक्षार्थी

नेपालभ्युज

एसईई परीक्षा आजबाट शुरू, ५ लाखभन्दा धेरै परीक्षार्थी
फाइल फोटो

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट शुरू भएको छ। यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी छन्।

एसईई दिने छात्राको संख्या छात्रको भन्दा ८ सय ७१ ले बढी छ। कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ।

त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ।

ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले करिब ११ हजार ६ सय १५ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको र तीमध्ये २ सय ९९ प्राविधिक धारका विद्यालय रहेको जानकारी दिएका छन्। सबैभन्दा बढी काठमाडाैंमा १ हजार ३ सय विद्यालय रहेकोमा १ सय २४ केन्द्र कायम गरिएको छ।

जसमा सबैभन्दा बढी ३६ हजार विद्यार्थीले परीक्षा दिनेछन्। त्यसै गरी ३ सय ३४ विद्यालय रहेको ललितपुरमा ३४ केन्द्र कायम गरिएको छ। ललितपुरमा १० हजार २ सय ७२ परीक्षार्थी छन्। भक्तपुरमा १ सय ९५ विद्यालयको २३ केन्द्र कायम गरिएको छ। भक्तपुरमा ५ हजार ९ सय २७ परीक्षार्थी सहभागी हुनेछन्।परीक्षाका लागि सबै केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ। केन्द्र नजिकै रहेको प्रहरी कार्यालयमा एक साता पहिले नै प्रश्नपत्र पुर्‍याइएको पनिकाले जनाएको छ।

बोर्डका अनुसार परीक्षामा सबैभन्दा कम मुस्ताङ र मनाङमा एक–एक परीक्षा केन्द्र कायम गरिएको छ। मनाङमा २९ र मुस्ताङमा १ सय ८३ परीक्षार्थीले सहभागिता जनाउँदैछन्। कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको कञ्चनपुर, प्रदेश १ को मोरङ, मधेश प्रदेशको धनुषा, वागमतीको काठमाडौं, गण्डकीको कास्की र लुम्बिनीको दाङमा सबैभन्दा बढी केन्द्र र परीक्षार्थीले सहभागिता जनाउने भएका छन्।

परीक्षा बिहान ८ बजेबाट शुरू भएर ११ बजे सकिनेछ। तर, फरक शारीरिक क्षमता भएका परीक्षार्थीलाई अवस्था हेरेर एकदेखि डेढघण्टा समय थप गर्ने व्यवस्था गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved