काठमाडौं। स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ। दल र व्यक्तिको प्रचारप्रसार र आलोचना बढिरहेको छ।
यसैबीच कवि श्रवण मुकारुङले पनि निर्वाचनमा भोट दिन नहुने उम्मेदवारको सूची बनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत निम्न आदतका व्यक्तिलाई भोट नदिन सुझाएका छन्।
मुकारुङका अनुसार यस्तो छ भोट दिन नहुने उम्मेदवारको सूची
क) जुवातास,क्यारिम्बोर्ड,लुडो खेल्ने ।
ख) नाचगानमा बढी रमाउने ।
ग) डोजर,ट्रक भएका ।
घ) ठेक्कापट्टाको लाईसेन्स् भएका ।
ङ) जग्गा दलाल ,मेनपावर कम्पनीका पृष्ठभूमि भएका ।
च) माथिल्लो नेताकामा धेरै धाउने ।
छ) भाषणमा इतिहास , थेगो , उखान तुक्का र स्वर्गीय नेताहरूको नाम धेरै लिने ।
ज) अावश्यकभन्दा धेरै विपक्षीलाई गाली गर्ने ।
झ) समावेशिता,धर्म निरपेक्षता,अारक्षण र संघियता मन नपराउने ।
ञ) कला,साहित्य ,संस्कृतिको हकमा चाहि राष्ट्रगान बज्दा पनि गाउनु त परै जावोस्,अोठ चलाएको अभिनयसम्म नगर्ने ।
Facebook Comment
Comment