हेटौंडामा समाजवादीलाई मेयर दिएपछि कांग्रेसको चर्को विरोध, एक्लै निर्वाचनमा जाने

नेपालभ्युज

हेटौंडामा समाजवादीलाई मेयर दिएपछि कांग्रेसको चर्को विरोध, एक्लै निर्वाचनमा जाने

हेटौंडा। कांग्रेस मकवानपुरले केही दिनयता हरेक दिन पत्रकार सम्मेलन गरिरहेको छ।

गठबन्धनमा नेकपा एकीकृत समाजवादीले हेटौंडाको मेयर पाउने हल्ला आएदेखि नै त्यसविरुद्ध आवाज उठाइरहेका पदाधिकारीहरूले चर्को विरोध गरिरहेका छन्।

गठबन्धनकै विषयमा कांग्रेस मकवानपुरभित्र दुई ध्रुव देखिएको छ। जिल्ला सभापति बुद्ध लामा, बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले गठबन्धनको निर्णयबारे आफ्नो धारणा सार्वजनिक नै गरेका छैनन्।

तर पदाधिकारीहरूले भने आज पत्रकार सम्मेलन आयोजना गर्दै केन्द्रले निर्णय नसच्याए कांग्रेस मकवानपुर एक्लै निर्वाचनमा जाने चेतावनी दिएका छन्।

गठबन्धनको मंगलबार काठमाडौंमा बसेको बैठकले हेटौंडाको मेयर समाजवादीलाई दिने निर्णय गरेको थियो। आज जिल्ला समितिले विज्ञप्ति जारी गर्दै केन्द्रको निर्णय सच्याउन आग्रह गरेको छ। तल्लो तहको कार्यकर्ताको मनोबल गिर्ने गरी केन्द्रमा भएको निर्णयप्रति जिल्ला समितिको ध्यानाकर्षण भएको जिल्ला पदाधिकारी तथा पूर्वसभापतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

समाजवादी भर्खरै पार्टी निर्माणको चरणमा रहेकाले अहिले नै मेयर दिन नहुने कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायतले बताए। अघिल्लो निर्वाचनमा थोरै मतले मात्र कांग्रेस उम्मेदवार आनन्दराम पराजुलीले पराजय भोग्नुपरेको बताउँदै उनले अब कांग्रेसले मेयर पाए मात्र जित्ने दाबी गरे।

यद्यपि पछिल्लो समय जिल्लामा देखिएको विवादका कारण पार्टी भित्रकाले नै समाजवादीलाई मेयर दिने काम गरेको समेत आरोप लाग्ने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved