ट्राफिक कारबाहीबाट ३९ लाख राजस्व संकलन

जिल्लामा नौ महीनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

नेपालभ्युज

ट्राफिक कारबाहीबाट ३९ लाख राजस्व संकलन
फाइल तस्वीर

खोटाङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महीनाको अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। ट्राफिक निमय उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो।

विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो। साउनमा दुई लाख ६३ हजार, भदौमा चार लाख ४४ हजार, असोजमा चार लाख सात हजार, कात्तिकमा ६ लाख ५३ हजार, मंसीरमा सात लाख १० हजार, पुसमा तीन लाख ७८ हजार, माघमा तीन लाख ७९ हजार, फागुनमा तीन लाख ६३ हजार र चैतमा तीन लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिए।

ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो।

यस्तै, जिल्लामा नौ महीनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए। अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved