हेटौंडा उपमहानगर नेकपा एसले पाएपछि कांग्रेसले मित्रवत् प्रतिस्पर्धा गर्ने

नेपालभ्युज

हेटौंडा उपमहानगर नेकपा एसले पाएपछि कांग्रेसले मित्रवत् प्रतिस्पर्धा गर्ने

काठमाडौं। नेपाली कांग्रेस हेटौंडाले गठबन्धनले केन्द्रमा गरेको सहमतीको विरोध गरेको छ।

स्थानीय निर्वाचनमा गठबन्धन दलहरूबीच हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेपछि नगर समिति त्यसविरुद्ध उत्रिएको हो।

आज पत्रकार सम्मेलन गर्दै नगरसभापती उत्सव इटेनीले हेटौंडामा मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। आज १९ ओटै वडा समितिका सभापति उपस्थित बैठकले प्रतिस्पर्धामा जाने निर्णय गरेको हो।

पालिकास्तरमा नै सल्लाह भइरहेको अवस्थामा स्थानीय तहको भावनाको अवमूल्यन गर्दै केन्द्रमा सहमति गरिएको इटेनीले बताए। नगरको गठबन्धनमा आबद्ध दलहरूमध्ये सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा चुनावमा सहभागी हुन गठबन्धनका दलहरू समेत तयारी रहेको उनको तर्क छ।

सबै दलको कांग्रेसलाई नेतृत्व दिने सहमति हुँदाहुँदै केन्द्रीयस्तरमा भएको भागबण्डाले गठबन्धनको आवश्यक्ता र औचित्यसमेत पूरा गर्न नसक्ने दाबी पनि उपमहानगर समितिले गरेको छ। इटेनीले विज्ञप्ति नै जारी गर्दै हेटौंडा उपमहानगरपालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका हुन्।

केन्द्को यस्तो निर्णयले आम कार्यकर्ताको मनोबल कम गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved