आर्मीले जित्यो राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि

आर्मीले उपाधिसँगै एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ।

नेपालभ्युज

आर्मीले जित्यो राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि

धनगढी। मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितको छ।

कैलालीको धनगढीमा बुधबार सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो।

कैलाली जिल्ला कबड्डी संघले आयोजना गरेको प्रतियागोताको फाइनल भिडन्तमा आर्मीले एपीएफलाई ४०/१६ ले पराजित गर्‍यो। आर्मीले उपाधिसँगै एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ।

उपविजेता बनेको एपीएफले ८० हजार नगद पुरस्कार पायो।

सेमिफाइनमा पुगेका अन्य दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले भने समान ४०/४० हजार रुपैयाँ प्राप्त गरेका गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved