जनार्दन शर्मालाई कांग्रेस महामन्त्री विश्वप्रकाशले सम्झाए महेश आचार्यको नैतिकता

महेश आचार्य अर्थमन्त्री रहेको तत्कालीन समयमा पनि गभर्नर निलम्बनमा परेका थिए।

नेपालभ्युज

जनार्दन शर्मालाई कांग्रेस महामन्त्री विश्वप्रकाशले सम्झाए महेश आचार्यको नैतिकता

काठमाडौं। सर्वोच्च अदालतले निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीलाई काममा फर्काएपछि अर्थमन्त्री जनार्दन शर्माले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने विषय अहिले चर्चामा रहेको छ।

यही समयमा प्रमुख सत्ताघटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता महेश आचार्यको तस्वीर सामाजिक सञ्जालमा राख्दै अथमन्त्री शर्मालाई अप्रत्यक्ष रुपमा राजीनामा दिन भनेका छन्।

महेश आचार्य अर्थमन्त्री रहेको तत्कालीन समयमा पनि गभर्नर निलम्बनमा परेका थिए। तर, अदालतले उक्त निर्णय उल्टाइदिएपछि अर्थमन्त्री आचार्यले नैतिकताका आधारमा राजीनामा दिएका थिए।

महामन्त्री शर्माले सोही विषयलाई सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति !’

शर्माले थप लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved