आज साँझसम्म गठबन्धनको टुंगो लाग्छ : नेता कोइराला

नेपालभ्युज

आज साँझसम्म गठबन्धनको टुंगो लाग्छ : नेता कोइराला

चितवन। नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले सत्ता गठबन्धनमा सहभागी दलहरूबीचको उच्चस्तरी राजनीतिक समितिको निर्णय सबैले मान्‍नुपर्ने बताएका छन्। स्थानीय तहमा सिट बाँडफाँडका लागि अहिले संवाद चलिरहेको उनले बताए।

आज साँझसम्म गठवन्धनभित्र टुङ्गो लाग्ने भन्दै उनले निर्णय नआएसम्म केही भन्न नसकिने बताए। पार्टीका पूर्वमहामन्त्री कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि वढ्नुपर्ने बताए।

उनले भने, “निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ। हामीसँग समय पनि छ।” कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेत माग गरेका कारण चुनावी तालमेलको विषय टुङ्गो लाग्न कठिन भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved