पत्रकार महासंघले कान्तिपुर टेलिभिजन र नागरिक पत्रिकाविरूद्ध आन्दोलन शुरु गर्दै

नेपाल पत्रकार महासंघले मिडिया हाउसहरूमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

नेपालभ्युज

पत्रकार महासंघले कान्तिपुर टेलिभिजन र नागरिक पत्रिकाविरूद्ध आन्दोलन शुरु गर्दै

काठमाडौं। नेपाल पत्रकार महासंघले मिडिया हाउसहरूमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवी पत्रकारको शोषण गर्ने मिडिया हाउसमा सोमबार (आज)देखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको हो।

श्रमजीवी पत्रकारको शोषण गर्ने मिडिया हाउसमा संवादमार्फत समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम शुरु गर्न बाध्य हुनुपरेको महासङ्घका अध्यक्ष विपुल पोखरेलले बताए।

उनले श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरू कुनै पनि हालतमा पछि हट्न नसक्ने समेत स्पष्ट पारे। महासंघले सोमबार र मंगलबार कान्तिपुर टेलिभिजन र यसपछि नागरिक दैनिकमा धर्नाको कार्यक्रम राखेको छ।

पत्रकार सम्मेलनमा पत्रकार दीपा दाहालले आफूलाई कान्तिपुर टेलिभिजनबाट अव्यवसायिक र अपमानपूर्ण ढङ्गबाट हटाइएको उल्लेख गर्दै न्यायका लागि सहकर्मी पत्रकारहरूसँग आग्रह गरेकी थिइन्।

उनले भनिन्, ‘‘अनवरतरुपमा पेशमा आबद्ध भइरहँदा कान्तिपुर टेलिभिजनले अचानक मलाई निकाल्दा म आर्थिक रुपमा ठूलो सङ्कटमा भासिएको छु। मैले इमानदारितापूर्वक काम गर्दागर्दै पनि बिना गल्ती कान्तिपुर टेलिभिजनले मलाई निकाल्दा मेरो सामाजिक प्रतिष्ठानमा पनि आँच पुगेको छ। बजारमा मैले कुनै गल्ती गरेका कारण यो टेलिभिजनले मलाई निकालेको हो भन्ने हल्ला चलाइएको छ। यसले मेरो करिअरमै धक्का लागेको छ। मैले अहिलेसम्म प्राप्त गरेका उपलब्धमाथि नै ठेस लागेको छ। यो घटनासँगै अब अरू मिडियामा पनि मैले आफ्नो क्षमताअनुसार काम नपाउने सम्भावना छ। यो घटनाले मेरो स्वास्थ्य अवस्था पनि नराम्ररी बिग्रिएको छ।’’

नियतपूर्वक आफूमाथि कान्तिपुर टेलिभिजनले व्यावसायिक कदम चालेको भन्दै न्यायका लागि आह्वान गरेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved