कांग्रेस नेता चढेको जीप बझाङमा दुर्घटना, एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जीपमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार थिए। दुर्घटनामा ज्यान गुमाउने विनोद बोहरा, नेता खडक बोहराका छोरा हुन्। खडक बोहरा भने घाइते छन्।

नेपालभ्युज

कांग्रेस नेता चढेको जीप बझाङमा दुर्घटना, एक जनाको मृत्यु

बझाङ। बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुप प्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो।

दुर्घटनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ। तीन जना घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ। प्रहरीका अनुसार जीप गएराति १२-४० बजे दुर्घटना भएको हो।

जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जीपमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार थिए। दुर्घटनामा ज्यान गुमाउने विनोद बोहरा, नेता खडक बोहराका छोरा हुन्। खडक बोहरा भने घाइते छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved