संस्कृतिविद् सत्यमोहन जोशी आईसीयूमा

नेपालभ्युज

संस्कृतिविद् सत्यमोहन जोशी आईसीयूमा
फाइल फोटो

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई आईसीयूमा भर्ना गरिएको छ। श्वास प्रश्वासमा समस्या भएपछि उनलाई आईसीयूमा सारिएको हो। स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो ४ बजे उनलाई ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पताल भर्ना गरिएको थियो।

मुटुको चालमा केही समस्या देखिएपछि आईसीयूमा सारिएको हो। उनको स्वास्थ्य अवस्था सामान्य छ। भोलिसम्म उनको स्वास्थ्य अवस्था सामान्य भएमा वार्डमा सारिने अस्पतालले जनाएको छ।

जोशीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको अस्पताले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved