उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले दुई लाख ७५ हजार पुरस्कार दिने

नेपालभ्युज

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले दुई लाख ७५ हजार पुरस्कार दिने

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो-भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई दुई लाख ७५ हजार रुपैयाँ राशिबाट पुरस्कृत गर्ने भएको छ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गत सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम सो पुरस्कार प्रदान गर्ने जनाएको हो।

उपसमिति संयोजक डीबी गुरुङले कांग्रेसको पक्षमा चुनावी गीतहरू (अडियो-भिडियो) निर्माण गरी प्रचार–प्रसार भइरहेका गीत फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सम्पूर्ण लोकतन्त्रवादी कलाकारलाई आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved