एकै घरका आठ जनाको गोली हानी हत्या

अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको थियो।

नेपालभ्युज

एकै घरका आठ जनाको गोली हानी हत्या
सांकेतिक तस्वीर।

एजेन्सी। मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या भएको छ। सीबीएस न्युजका अनुसार सोमबार उक्त सामूहिक हत्या भएको हो।

मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा एकै परिवारमा रहेका आठ जना सदस्यको हत्या भएको त्यहाँको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

मारिएकामा ६ जना महिला र दुई पुरुष छन्। तीमध्ये चार जना बालबालिका पनि रहेका कार्यालयले जनाएको छ।

अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको समाचारमा जनाइएको छ। हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको थियो।

गोली लागेर सात जनाको घरैमा निधन भएको तथा एक जनाको भने अस्पतालमा निधन भएको समाचारमा जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved